इतिहासमा आज : पहिलो पटक चन्द्रमाको कक्षमा पुगेका थिए मानिस

काठमाडौं । १९६८ मा आजकै दिन अपोलो ८ चन्द्रमाको कक्षमा पुगेको थियो ।

यो चन्द्रमाको कक्षमा पुग्ने पहिलो म्यान्ड मिशन थियो । ऐस्ट्रोनट फ्रेंक बोरम्यान, जिम लवेल र विलियम एण्डर्सले चन्द्रमाको कक्षबाट लाइभ ब्रोडकास्ट गरेका थिए ।

जसा उनीहरुले आफ्नो स्पेसक्राफ्टको भित्र भन्द्मा र पृथ्वीको फोटो पठाएका थिउ । एस्ट्रोनट विलियम एण्डर्सले खिचेको अर्थराइज फोटोका कारण यो मिशन सारा विश्वभर चर्चामा रहेको थियो ।

२७ डिसेम्बर १९६८ मा यो मिशन पूरा भएको थियो । यसपछि अपोलो सीरीजकै मिशनमा एक अपोलो ११ मा मानिस पहिलो पटक चन्द्रमामा उत्रेका थिए ।

२० जुलाई १९६९ मा नील आर्मस्ट्रङ, बज एड्रियनले चन्द्मामा कदम राखेका थिए । यो मिशनमा मायकल कोलिनस पनि सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?