काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका विरुद्ध कसरी जाने भन्ने विषयमा विवाद देखिएको छ ।
संसद विघटनविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफलका लागि मंगलवारबाट कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठकमा संस्थापन पक्ष ओलीको कदमविरुद्ध सर्वोच्चमा परेको मुद्धाको फैसला अनुसार निर्णय गर्ने पक्षमा देखिएको छ । भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तत्काल आन्दोलनको घोषणा गर्ने पक्षमा उभिएको छ ।
केन्द्रीय समिति बैठकमा दुई पक्षबीच मत बाँझिएपछि वरिष्ठ नेता पौडेल समूहले आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका छन् । बिहीवार(आज) बिहान सम्पर्क कार्यालय अनामनगरमा आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदमविरुद्ध तत्काल आन्दोलनमा जान दवाव दिने विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा जुटेको हो ।
बुधवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आजको लागि बैठक आहवन गरी आन्दोलनमा जानेबारे निर्णय हुने बताइएको छ ।
आज कांग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया