प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटघाट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।

बिहीवार बिहान प्रचण्ड र यान्छीबीच भेटघाट भएको हो । भेटघाटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन् ।

यसअघि पनि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला यान्छीको इन्ट्री हुने गरेको थियो ।

संसद विघटनपछि फुटको अन्तिम अवस्थामा पुगेको नेकपाभित्रको आन्तरिक विवाद मिलाउन यान्छीले सक्रियता बढाएको स्रोतको दाबी छ ।

यद्यपी प्रचण्डलाई प्रचण्ड नेपाल समूहको नेकपाले अध्यक्ष तथा संसदीय दलको नेता समेत घोषणा गरिसकेको छ । भने आज पनि ओली र प्रचण्ड-नेपाल समूहको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रचण्ड नेपाल समूहले महासचिव समेत चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?