काठमाडौं । कोरोना महामारीबाट लडिरहेको सारा विश्व कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेको छ ।
केहि देशले भने भ्याक्सिनेशन प्रोग्राम शुरु गरिसकेका छन् ।
यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भ्याक्सिनेशन आजबाट शुरु हुनेछ । यूएईको दुबईमा आज (बुधवार) बाट टीकाकरण अभियानको शुरु हुनेछ ।
दुबईमा फाइजर बायोएनटेकको कोरोना भ्याक्सिनको प्रयोगको अनुमति दिइएको हो । त्यहाँ हालसम्म १ लाख ९७ हजार १२४ जनालाई कोरोना संक्रमण भइसकेको छ भने ६४५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया