काठमाडौं । ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । बुधवार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई २–० ले पराजित गर्दै शीर्ष स्थानको एट्लेटिकोसँग अंक बराबरी गरेको हो ।

शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ अंक छ । कासमिरोले खेलको ५७ औं मिनेटमा हेडमार्फत गोल गर्दै रियललाई अघि बढाएका थिए ।
ईन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।
पहिलो हाफमै ब्राजिली विङ्गर रोड्रिगोले चोट बोकेका थिए । उनलाई स्ट्रेचर राखेर मैदान बाहिर लगिएको थियो ।

रियलले सबै प्रतियोगितामा गरी लगातार ६ खेलमा जित निकालेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया