बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बैतडी । बैतडीको सुर्नया गाउँपालीकामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको र अन्य तीन जना घाइते भएका छन् ।

मृतक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । बोहरा बाहेक अन्य २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?