९ चैत्र २०७९, बिहीवार

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

२०७४,आश्विन,१५,आईतवार ११:०८

0
Shares

रौतहट, १५ असोज ।स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ ।पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ ।खानेपानीको निहुुमा हुुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो ।झडपमा हुुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुुमारीलाई चोट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन ।यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ ।मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ ।निर्वाचनको दुुइहप्ता बित्न लाग्दासम्म जितहुुने र हार हुुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुुनै निहुुमा विवाद भइरहेको देखिएको छ ।स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बतए ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००