टोटनह्याम र म्यानचेस्टर सेमिफाइनल प्रवेश

एजेन्सी । इंग्लिस क्लब टोटनह्याम हस्टपर र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा टोटनह्यामले स्टोक सिटीलाई तथा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

क्वाटरफाइनलमा टोटनह्यामले स्टोक सिटीलाई ३-१ तथा एभर्टनलाई म्यानचेस्टर युनाइटेडले २–० गोल अन्तरले पराजित गरेको हो । दुबै खेल आवे मैदानमा भएको हो ।

अब फाइनल प्रवेशका लागि टोटनह्यामले ब्रेन्टफोर्डसँग खेल्नेछ भने म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?