काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको माग गर्दै देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनलाई ‘रमाइलो’ को संज्ञा दिएका छन् । बुधवार राति योहो टेलिभिजनमा अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
लोकतन्त्रमा आफ्नो भावना पोख्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट चार पटक राजतन्त्र हटेको बताएका छन् । राजतन्त्रमाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, “ओइलाएको बिरुवालाई पानी हाले पलाउन सक्छ तर, जरा समेत सुकेको बिरुवालाई पानीमै डुबाएपनि जीवित हुन सक्दैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया