१४ जेष्ठ २०८०, आईतवार

कोरोना भाइरसको महामारी फैलिएपछि भारतमा फेरि कर्फ्यू

२०७७,पुष,८,बुधबार २१:२१

0
Shares

काठमाडौँ– कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यू जारी गरिएको छ ।

दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ । कफ्र्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कफ्र्यु लगाएको हो । महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कफ्र्यु लगाइएको अधिकारीहरूले जनाएका छन् । नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन् । चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कफ्र्यु लगाइएको अधिकारीहरूको भनाइ छ । भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रकाशित मिति: २०७७,पुष,८,बुधबार २१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अङ्कारा । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी

किभ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक

ह्युस्टन । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९