“देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु”- प्रधानमन्त्री ओली 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि आफ्नो भविष्यको बारेमा नसोचेको बताएका छन् । एक निजी टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले जहिले पनि जनता र देशको पक्षमा काम गरेको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमले उनको राजनीतिक भविष्यमाथि नै धेरैले शंका गरेका छन् । प्रधानमन्त्री ओलीले भने जनता र देशको हितका लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार रहेको बताएका हुन् । उनले भने, ‘”देश स्वर्ग जान्छ भने म नर्क जान तयार छु ।”

एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका नाममा १७ हजार मानिसको ज्यान जाने गरि युद्ध गरेपनि परिणाम नआएको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘अध्यक्ष प्रचण्डको परिवर्तन उनको छिमेकीले मात्रै थाहा हुने’ भन्दै टिप्पणी गरेका छन् ।

आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, “सभामुखले खुट्टा उचालेर कागजमा सही गर्दैमा हुन्छ ?” संसद विघटन भइसकेपछि प्रस्ताव दर्ता हुन् नसक्ने ओलीको तर्क छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?