काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफकी बहिनी कृष्णा श्रफले केहि दिन अगाडि आफ्ना ब्वाइफ्रेण्ड इबन हायम्ससँग ब्रेकअप गरेकी थिइन् ।
यसको जानकारी उनले स्वयं नै सोसल मिडियामा दिएकी थिइन् । साथै उनले इबनसँगका सबै फोटो डिलिट गरेकी थिइन् । हालै उनले दिएको अन्तर्वार्तामा यसको बारेमा बताएकी छन् ।
उनले भनिन्, ‘ब्रेकअप गर्नुको पछाडि केहि कारणहरु छन्, तर त्यसलाई प्राइभेट राख्न चाहन्छु, मलाई लाग्छ कि, हामी दुबैमा यस्तो आयो कि, हामी रिलेशनशीप भन्दा साथीको रुपमा राम्रो छौँ, त्यसैले हाम्रो ब्रेकअप भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया