संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा संसद विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसका दिनमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रदर्शनको मिति र कार्यक्रम भने भोलि तय गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘संसद विघटन विरुद्ध देशब्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ l प्रदर्शनको मिति र कार्यक्रम भोलि पुस ९ गते बस्ने बैठकले तय गरि सार्वजनिक गरिनेछ l पुस १६ गतेको कार्यक्रम रास्ट्रीय एकता र मेलमिलाप दिवसका रुपमा मनाइने छ l’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?