नयाँ स्ट्रेनको कोरोना देखिएपछि सरकारले निकाल्यो यस्तो सूचना

काठमाडौँ–  बेलायतमा नयाँ स्ट्रेनको कोरोना भाइरस देखिन थालेपछि सरकारले थप सचेतना अपनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधवार) एक सूचना जारी गर्दै संयुक्त  अधिराज्य (बेलायत) बाट यही पुस १ देखि ७ गतेभित्र नेपाल फर्किनेले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न तथा कोरोना परीक्षण गराउन आग्रह गरेको हो ।

बेलायतमा बसेका तथा त्यो बाटो हुँदै आएकाले नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।  साथै सरकारले  उनीहरूको पिसीआर परिक्षण निशुल्क गर्न पनि स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?