कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतक संख्या १८ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ५२ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ रहेका छन् ।

त्यस्तै हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । भने हाल ४०९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?