हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरु बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका हुन् ।

आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नै भएको भन्दै दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहित निर्वाचन आयोग पुगेका हुन् ।

तस्वीरमा हेर्नुहोस् : 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?