के राजीनामाको तयारीमा छन् गृहमन्त्री थापा ?

काठमाडौं । पार्टी फुटको अन्तिम तयारीमा जुटिरहेको बेलासमेत आफूलाई कुनै कित्ताकाँटमा नउभ्याएर तटस्थ भूमिकामा रहेका गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामाको मुड बनाएका छन् । प्राप्त जानकारी अनुसार पूर्व माओवादीका नेता तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का गृहमन्त्री समेत रहेका बादलले आफ्नो कित्ता ‘क्लियर’ गर्न आँटेको बुझिएको छ ।

हिजो (मंगलवार) प्रधानमन्त्री एवम् पालर्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठकमा कतैपनि नदेखिएका बादलले ओलीलाई साथ दिने कि प्रचण्ड(नेपाल समूहमा जाने भन्ने विषयमा मत तयार पारेको र सोही बमोजिम राजीनामाको मुड बनाएका हुन् ।

हिजो (मंगलवार) दुवै समूहको बैठकमा नदेखिएका बादलले पार्टी उपाध्यक्ष एवम् सचिवालय सदस्य वामदेव गौतमलाई भने भैँसेपाटीस्थित निवासमा भेट गरेका थिए । सचिवालयका ९ सदस्य मध्ये हाल बादल र गौतम भने तटस्थ छन् । यद्यपी उनले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेपछि राजीनामाको मुड बनाएको स्रोतले जानकारी गराएको छ ।

स्मरण रहोस् बादल पूर्व माओवादी भएपनि ओली समर्थक हुन् । त्यसैले गत आइतवार ओलीको मन्त्रिपरिषद्बाट प्रचण्ड नेपाल समूहका ७ जना बहालवाला मन्त्रीहरुले राजीनामा दिँदा समेत बादल मौन थिए । प्रचण्डसँग भेटेपछि उनले समय हेरेर राजीनामा दिने बताएका छन् ।

आज (बुधवार) बिहान प्रधानमन्त्री ओलीले गृहमन्त्री थापासँग एक घण्टा छलफल गरेका थिए। छलफलका क्रममा ओलीले कि आफ्नो कित्तामा आउन कि राजनीमा दिन भनेको स्रोतले बतायो।  त्यस लगत्तै उनले प्रचण्डसँग भेटघाट गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?