काठमाडौं । भारतको बंगालमा एक युवतीको काटिएको शिरसहितको शव फेला परेको छ ।

होटलमा एक कपलले दिउँसो एक रुम बुक गरेका थिए । र उनीहरुले साँझ ७ बजे चेकआउट हुने बताएका थिए । जब साँझ ८ बजेसम्म कपल ननिस्किएपछि होटलको स्टाफले ढोका ढक्ढक्याउन थाले ।
भित्र ठूलो साउण्डमा टिभी बजिरहेको थियो ।

जब ढोका खुलेन तब, डुब्लीकेट चाबीले ढोका खोलियो । भित्र बेडमा लडिरहेको अवस्थामा युवतीको शव भेटियो ।

यो घटना पश्चिम बंगालस्थित कोलकताको हो । त्यहाँको न्यूटाउनको एक होटलमा मंगलवार राती टाउको छिनेको अवस्थामा एक युवतीको शव भेटिएको हो ।

दिउँसो अमित घोष र चुमकी घोषको नामबाट उक कपल बसेका थिए । आईडीकार्डका अनुसार उनीहरु दुबै जना मिदनापुरका थिए ।
त्यसबीचमै अमित फेरि आउँछु भन्दे बचिमै उठेर हिँडे तर उनी त्यसपछि फर्किएनन् ।
अहिले यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया