काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटघाट भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरु समूहगत रुपमा कित्ताकाट भइरहेका बेला नेकपाका अध्यक्ष समेत रहेका ओलीलाई सचिवालय सदस्य बादलले भेटेका हुन् ।
संसद विघटनपछि तथस्ट देखिएका बादल ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच करिब १ घण्टा छलफल भएको स्रोतले जनाएको छ । पूर्व माओवादी पक्षमा रहेका बादललाई ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल माधव नेपाल समूहले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । संसद विघटनपछि प्रचण्ड नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएपनि बादलले राजिनामा दिएका छैनन् ।
त्यस्तै मंगलवार भएको दुवै (ओली(प्रचण्ड) समूहले डाकेको केन्द्रीय समिति बैठकमा समेत बादल अनुपस्थित रहेका थिए । भने दुवै पक्षका अध्यक्षसँग बादलले भेटघाट गरिरहेका छन् ।
‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। भने शनिवार प्रधानमन्त्री ओली समेत बादललाई भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया