काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यसैबीच द गार्डियनको एक रिपोर्टका अनुसार अमेरिकामा २० डिसेम्बर सकिएको हप्तामा १६ लाख नयाँ केस फेला परेका छन् । आँकडाको हिसावमा हेर्दा संक्रमण मुक्त भएका भन्दा १४ प्रतिशतले बढी हो ।
डब्ल्यूएचओका अनुसार कुनै पनि देशमा कोरोनाको केस यति धेरैले वृद्धि भएको देखिएको थिएन । सबैभन्दा धेरै समस्या क्यालिफोर्नियामा रहेको छ । त्यहाँका अस्पतालमा बेडको कमी हुन थालेको छ ।
त्यहाँ हप्तामा पाँच लाख नयाँ केस पाइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेनले मंगलवार अबको दिन झने गम्भीर रहेको बताएका छन् ।
टास्क फोर्सका एडभाइजर डाक्टर एन्थोनी फाउचीसँगै रहेको बेला उनले यस्तो बताएका हुन् । उनले अब बन्ने नयाँ सरकारले यसमा केन्द्रित रहेर कोरोना संक्रमण कम गनृमा लागिपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया