संसद विघटनविरुद्धको रिटको सुनुवाई प्रत्यक्ष प्रशारण मार्फत सुन्न पाइने

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेका रिटमा बहस शुरु गरेको हो ।

आजको इजलासमा संसद विघटनसम्बन्धी परेका १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् ।

नेपाल बारबाट प्रत्यक्ष प्रसारणमार्फत संसद विघटनविरुद्ध परेको रिटमाथिको बहस सुन्न पाउने व्यवस्था गरिएको छ ।

सर्वोच्चले कोरोना महामारीको जोखिम साथै सीमित ठाउँका इजलासमा अरुलाई प्रवेश गर्न नदिइएको जनाएको छ ।

साथै प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले केही व्यवस्था गर्न सक्ने बताइएको छ ।

त्यस्तै विघटनको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरकालीन वा अन्तरिम आदेश हुन सक्छ भने कारण देखाउ आदेशमात्रै जारी गरेर सबै निवेदनहरूलाई ठूलो आकारको इजलासमा पेस गर्नू भनी आदेश पनि गर्न सकिने बुझिएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बहस गर्दै राष्ट्रपतिद्वारा प्रक्रिया पुरा नगरिएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?