१३ चैत्र २०७९, सोमवार

विन्तिभाउ गर्दै अलैंची बेच्नुपर्ने कृषकको बाध्यता

२०७४,आश्विन,१५,आईतवार ०८:२८

9
Shares

आठराई (तेह्रथुम), १५ असोज ।जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् ।तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, । उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका लागि न्यून मुल्यमा अलैँचीबेच्न बाध्य भएका छन् ।अघिल्लो बर्षमा प्रतिकिलो अलैँची रु दुई हजार पाँच सयसम्ममा विक्री गरेका जिल्लाका किसानले यस वर्ष प्रतिकिलो रु आठ सयमा अलैँचीबिक्री गरेका छन् । नेपालीको महान चाडको रुपमा लिइएको दसै–तिहार भित्रिदासम्म पनि मुल्यको उचाई नबढेपछि चाडबाड मनाउन तथा घरको खर्च टार्न न्यून मूल्यमा अलैँची बेच्नु परेको जिरिखिम्तीका कृषक कुमार लिम्बुले बताए ।अलैंचीले मुल्य नपाएपछि व्यापारीले समेत अलैँची किन्न चाहेका छैनन् । यस अघि घरमै आएर व्यापारीले अलैँची किन्ने गरेपनि अहिले किसान नै व्यापारी कहाँ गएर अलैँची खरिद गरिदिन विन्तीभाउ गर्नुपरेको छ ।बजारमा अहिले अलैँची प्रति मन ३० हजारमा विक्री हुन्छ । घरको खर्च टार्नका लागि अलैँची बाहेक अरु विकल्प नभएका केही किसान सस्तो दामको सिकार बनेका हुन् ।अलैँची बेचेर घर घडेरी जोड्ने गरेका किसानले यस वर्ष अलैँची बेचेर दसै–तिहारलगायत केही चाडपर्व मनाउन तथा घरको सामान्य आवश्यकता परिपूर्ति गर्न मात्र सकिने कृषक बताउँछन् । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०८:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६