भन्सार छली ल्याएको सामान बरामद

कैलाली । धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याईएका सामानहरु प्रहरीले बरामद गरेको छ ।

चोरी पैठारी गरी ल्याइएका बेवारिसे रुपमा रहेका खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक समान र भाँडा वर्तन गरी करिब १ लाख ३८ हजार रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

विभिन्न मितिमा बरामद गरेको उक्त सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?