काठमाडौं । भारतले कोभिड-१९ विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । आफूले विकास गरिरहेको खोप अन्तिम चरणमा रहेको बताएको हो । विश्वलाई बचाउनका लागि करोडौँ डोज खोप उत्पादन गर्ने प्रतिवद्धता समेत भारतले व्यक्त गरेको छ ।
आफ्नो मुलुकको स्वास्थ्यका लागि मात्र नभएर विश्वव्यापी स्वस्थताका लागि खोप उत्पादन गर्ने भारतले लक्ष्य लिएको छ । कोरोना महामारीविरुद्धको सामूहिक लडाईंमा भारतले छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ ।
कोरोना महामारीविरुद्धको विश्वव्यापी लडाईंमा भारत विश्वको फार्मेसीको केन्द्र रुपमा अगाडि बढीरहेको छ ।
यसअघि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्न मुलुकहरुलाई उपलब्ध गराएको थियो । भारतले विश्वका विभिन्न मुलुकहरुलाई अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग गरिरहेको छ ।
अमेरिकामा हरेक १० लाखमा ४० हजार मानिसहरु कोरोना संक्रमित भएका छन् । बेलायतमा १० लाख मानिसहरुमा २३ हजार ३६१ जनामा कोरोना संक्रमण भएको छ भने ब्राजिलमा हरेक १० लाखमा २९ हजार १२९, इटालीमा २५ हजार ४५६ मानिसहरु संक्रमित भएका छन् ।
भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४(५ गुणा बढी संक्रमितहरु रहेको देख्न सकिन्छ ।
भारतमा हरेक १० लाखमा ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विश्वमा नै आरटी पीसीआरसँगै र्यापिड एन्टिजेन परीक्षण गर्ने भारत पहिलो मुलुक हो । शुरुवातमा र्यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कूल कोरोना भाइरस संक्रमितको संख्या ५०० थियो ।
लकडाउनको समयमा १५ हजार ३६२ कोभिड-१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । यही अवधिमा मुलुकभरका विभिन्न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए ।
भारतको संघीय सरकारले ३ करोड ७० लाख एन-९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्न राज्य सरकारहरुलाई उपलब्ध गराइएको थियो । प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो ।
करिव ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् ।
जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो ।
भारत सरकारले कोरोना महामारीका समयमा आफ्नो मुलुकसहित विश्वभर संकट व्यवस्थापका लागि ठूलो पहल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया