ओली पक्षबाट मनोनित केन्द्रीय सदस्यहरुलाई सातै प्रदेशमा प्रशिक्षण दिइने, तोकियो प्रतिनिधि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षबाट थपिएका नयाँ केन्द्रीय सदस्यहरुलाई सातै प्रदेशमा प्रशिक्षण दिइने भएको छ ।

मंगलवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले ११९९ जना पुर्याउनेगरी केन्द्रीय सदस्य थप गरेको छ ।

थप गरिएका केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिने र त्यसका लागि सातै प्रदेशमा प्रतिनिधि खटाइएको ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेलाई खटाइएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाइएको जारी सूचनामा भनिएको छ ।

सूचना पढ्नुहोस्

पार्टी केन्द्रीय कमिटी सदस्यमा मनाेनित कमरेडहरूलाई कार्यगत प्रशिक्षण संचालन हुने भएकाेले निम्नबमाेजिम जिम्मेवार नेताहरू खटिनुभएकाे छ ।
१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।
प्रदीप ज्ञवाली
प्रवक्ता
८ पुस २०७७

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?