काठमाडौं । भारतको बिहार सरकारले सोमवार अदालतका तीन न्यायाधीशलाई अनुचित आचरण गरेको भन्दै बर्खास्त गरेको छ ।
उनीहरु तीनै जना न्यायाधीश जनवरी २०१३ मा नेपालको काठमाडौं आएका थिए । जसलाई होटलमा एक महिलासँगै पक्राउ गरिएको थियो । यसै घटनालाई लिएर तीनै जना न्यायिाधीशलाई बिहार सरकारले सेवाबाट बर्खास्त गरेको हो ।

बर्खास्तमा परेकाहरुमा समस्तीपुरको फ्यामिली कोर्टका तत्कालीन न्यायाधीश हरी निवास गुप्ता, अररियाका चीफ ज्यूडिशल मजिस्ट्रेट कोमल राम र अररियाका तदर्थ तत्कालीन अतिरिक्त जिल्ला एवं सत्र न्यायाधीश जितेन्द्र नाथ सिंह सामेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया