शानदार जितसँगै सिटी सेमिफाईनलमा, आर्सनल स्तब्ध

काठमाडौं । म्यान्चेष्टर सिटी ईपीएल कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको क्वार्टरफाईनल खेलमा लण्डन क्लब आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटी सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार ग्याब्रियल जिससले सिटीलाई अघि बढाएका थिए । लाकाजेट्टीले ३१ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

 

खेलको ५४ औं मिनेटमा रियाद महरेजले सिटीलाई २–१ ले अघि बढाए ।

फिल फोडिनले ५९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । फोडिनकै क्रसमा लोपार्टीले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४–१ को जित सुनिश्चित गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?