काठमाडौं । बार्सिलोनाका स्टार लियोनल मेस्सीले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान तोडेका हुन् ।

स्पेनिस ला लिगा फुटबलमा मंगलवार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् ।

मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया