आज पनि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

संसद विघटन गरेसँगै सरकारविरुद्ध आक्रोशित बनेको कांग्रेसले थप रणनीति तयार गर्न आज बैठक बस्न लागेको हो । यसअघि मंगलवार (हिजो) पनि बैठक बसेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा वीपी स्मृती भवन सानेपामा बसेको बैठकमा सोमवार बसेको सर्वदलीयले बैठकका विषयमा जानकारी गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य, डा नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?