काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षीले आज बुधबार संसदीय दलको बैठक बोलाएको छ । बिहान साढे ११ बजे बस्ने बैठकमा पछिल्लो समय विकसित राजनीतिक परिदृश्यका विषयमा थप छलफल हुने ‘प्रवक्ता’ नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड९नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ।
उता प्रधानमन्त्री ओली पक्षको बैठकले भने नारायणकाजी श्रेष्ठको स्थानमा प्रदिप ज्ञवालीलाई प्रवक्तामा नियुक्ति गरेको छ । आजको संसदीय दलको बैठकबाट समेत ओलीलाई दल नेताबाट हटाइने नेकपा स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया