काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल समूह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको छ । ४४१ सदस्यी केन्द्रीय समिति मध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई चयन गरेको छ।बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्सर्ना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा सो निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
बैठकमा पार्टीको आन्तरिक समस्या र समाधानका बारेमा स्थायी कमिटीका बैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट प्रस्तुत प्रस्तावहरु अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ।
बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया