वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगलाई वीरगञ्ज-पथलैया हाइवेसँग जोड्ने कच्ची सडक निर्माण सम्पन्न भएको छ ।
पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको पहलमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा पर्ने १२ सय मिटर लामो सडक निर्माण भएको हो । ढलान सडक र नालाको एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद् यादवले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले सडक निर्माणसँगै वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगका जनतालाई बजारसम्मको पहुँच सरल भएको बताए । उनले सडकले समृद्धि ल्याउँने बताउँदै आफ्नो प्रमुख एजेण्डमा सडकलगायत आवश्यक भौतिक पूर्वाधार विकास रहेको बताए। सांसद् यादवले विगतका दिनहरुमा पर्सा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले विकासमा कन्जुस्याई गरेको आरोप लगाउँदै अब त्यस्तो कहिलै नहुने आश्वासन दिएका थिए ।

यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिस्ठ उद्योगपति जगदम्बा सिमेन्टका निर्देशक राजेश अग्रवाल, त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक दिनेश खनडेल्वाल जनता सामाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बासुदेव यादव, नगर अध्यक्ष ईश्वर यादव, स्थानीय नेता रमशिस कुमार युवा नेता कुन्दन कुर्मी, लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया