बैशाख २५ गते महाधिवेशन गर्ने राप्रपाको निर्णय

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टीको   कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले महाधिवेशनका लागि तीन लाख सक्रिय सदस्य संख्या पुर्‍याउने निर्णय गरेको छ । यस्तै हिन्दु राज्य र राजसंस्था पुनः स्थापनाका लागि देशभर संघर्षको कार्यक्रम बैठकले सार्वजनिक गरेको छ । सोही अनुसार पार्टीले पुस ११ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ भने १७ गते काठमाडौंमा वृहत्त शक्ति प्रदर्शन गर्ने राप्रपाले निर्णय गरेको छ ।

यस्तै १२ गते देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत हिन्दु राज्य र राजसंस्थाको माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?