१८ फाल्गुन २०८०, शुक्रवार

विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

२०७४,आश्विन,१५,आईतवार ०८:११

9
Shares

पथरी (मोरङ), १५ असोज ।विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन् ।यात्रुले ल्याएका सामान चेक–जाँच गर्ने होल्ड ब्यागेज एक्स–रे मेसिन र यात्रुले आफूसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएको छ ।मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालको गुनासो छ । एक्स–रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक/एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ ।विराटनगरबाट काठमाडौं जान लागेका डा. रमेश बस्नेतले विमानस्थलमा निकै झन्झट व्यहोर्नु परेको बताए । उनले भने, ‘एक्स–रे मेसिन हुँदा छिटो चेकजाँच भएर गन्तव्यमा पुग्न सहज हुन्थ्यो । तर, अहिले घन्टौंसम्म लाइन लाग्नु परेको छ ।’ विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेसमान सिंहले एक्स–रे मेसिन बिग्रिएकाले यात्रुलाई केही असुविधा भएको स्वीकार गरे ।प्रमुख सिंहले कार्ड बिग्रिएपछि नबन्ने हुनाले नयाँ खरिद गर्नुपर्ने हुँदा कार्यालयले पहल गरिरहेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०८:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०