बालुवाटार बैठकको बैधानिकता छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बसेको बैठकको बैधानिकता नभएको दाबी गरेका छन् ।

मंगलवार (आज) दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय समितिको बैठकको बैधानिकता नभएको र आफ्नो तर्फको बैठकले नै बैधानिकता पाएको बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले भने, “६५ प्रतिशत केन्द्रीय सदस्यहरु उपस्थित रहेको र केही आउँदै गरेकाले नियम,कानून र संविधान अनुसार बैधानिक नेकपा आफूहरु रहेको दाबी गरेका छन् । निर्वाचन आयोगलाई म भन्न चाहन्छु यहाँ ६५ प्रतिशत केन्द्रीय सद्स्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो बैधानिक नेकपा हो । बालुवाटारमा चलेको भेला बैधानिक छैन । ”

त्यस्तै नेपालका संवैधानिक अंगहरु कानूनअनुसार चल्नेमा विश्वास लिँदै प्रचण्डले आफूहरुले नेकपाको वैधानिकता पाउनुपर्ने जिकिर गरे । उनले भने, “संबैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छ्न भन्ने हाम्रो बिश्वास छ ।”

संसद विघटनपछि नेकपा दुई कित्तामा उभिएको छ । दुवै ओली प्रचण्ड दुवै पक्षले आजका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो भने प्रचण्ड पक्षको बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको थियो । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटार बैठकले प्रवक्ता नियुक्तदेखि महाधिवेशन तोक्ने समेतको कामहरु गरेको छ ।

बैठकको निर्णयअनुसार आगामी वर्षको मङ्सिर २ देखि ७ गते सम्म पार्टीको एकता महाधिवेशन हुनेछ । त्यस्तै ओली समूहको प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य प्रदिप ज्ञवालीलाई नियुक्त गरेको छ ।

त्यस्तै प्रचण्ड कार्की ब्यांकेटको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्बन्धी प्रस्ताव लगिएको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?