डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा खतिवडालाई मंगलवार राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को आधारमा डा खतिवडालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अमेरिकाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?