काठमाडौं । हालै एकिकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य शरदराज पाठक नियुक्त भएका छन्।
उनलाई मंगलवार (आज) पार्टीले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेद्वार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।
विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व प्रदान गरेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।
गत मङ्सिर २४ गते तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकिकरण भएको थियो ।
एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया