पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बझाङ जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन ।

प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि उनले हरेक सच्चा कम्युनिष्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गरेका हुन।

अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतीलाई कुशलतापूर्वक सामना गरे मात्रै सही विचार र नेतृत्व स्थापित हुने र त्यो माक्र्सवादी मान्यता भएको जनाउँदै भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्न सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?