११ चैत्र २०७९, शनिवार

साठी वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच

२०७४,आश्विन,१५,आईतवार ०८:०३

0
Shares

वालिङ (स्याङ्जा), १५ असोज ।स्याङ्जाको आँधीखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।“साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लानकोरुपमा हाल वडा नं. ६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने, “हाल एउटा मात्रै वडामा सञ्चालन भएको यो अभियानलाई विस्तारै अरु वडामा पनि विस्तार गर्दै लगिने सोंच बनाएका छौँ ।”गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिना वडा–६ मा रहेका करिब चार सय ज्येष्ठ नागरिकको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै सामान्य औषधि पनि निःशुल्क वितरण गर्ने गरेको छ ।ज्येष्ठ नागरिकमा अलिबढी स्वास्थ्य समस्या देखिने र उहाँहरु स्वास्थ्यचौकीसम्म पुग्न पनि समस्या हुने भएकाले स्वास्थ्यकर्मीको टोलीलाई ज्येष्ठ नागरिकको घरमै लगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०८:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११