काठमाडौं । संसद विघटनकाविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष र वरिष्ठ नेता समूह सर्वोच्च अदालत पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गर्नु असंवैधानिक रहेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपाल समूह रिट लिएर सर्वोच्च पुगेको हुन् ।
स्रोतले दिएको जानकारी अनुसार नेताहरू कृष्णभक्त पोखरेल, देव गुरुङ र रामकुमारी झाँक्री सर्वोच्चमा पुगेर रिट निवेदन पेस गरेका हुन् ।
त्यस्तै उनीहरुको रिट दर्ताको प्रक्रियामा रहेको छ।
आइतवार प्रधानमन्त्री ओलीले हठात संसद विघटन गरेसँगै नेपाली राजनीति तरंग उत्पन्न भएको छ । त्यस्तै नेकपाभित्रको राजनीति थप जटिल मोडमा पुगेको छ । अध्यक्ष ओली र प्रचण्ड नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक राखि निर्णयहरु गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया