प्रचण्ड-नेपाल समूहको बैठकमा दुई तिहाइ बढी सदस्यको सहभागिता

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ ।

बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो ।

हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ । प्रचण्ड नेपाल समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा जारी छ । बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्ने लगायतको एजेण्डा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?