कोरोना भाइरसको नयाँ स्ट्रेन : हालसम्म कुन-कुन देशमा फैलियो ?

काठमाडौं । बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि सारा विश्वमा त्रास पैदा भएको छ ।

यो अत्याधिक संक्रामक म्यूटेन्टबाट बढेको तनावकाबीच विभिन्न देशहरुले बेलायतबाट आउने फ्लाइट्समा प्रतिबन्ध लगाएका छन् । बेलायतपछि इटालीमा पनि नयाँ स्ट्रेनको कोरोना देखिएको बताइएको छ ।

त्यस्तै डेनमार्क, अष्ट्रेलिया, नेदरल्याण्ड्समा पनि कोरोनाको नयाँ स्ट्रेन पाइएको बताइएको छ । जसका सारा फ्रान्समा हाई अलर्टमा बस्न भनिएको छ ।

भारतले पनि बेलायतबाट आयने फ्लाइट्समा ३१ डिसेम्बरसम्मको लागि प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोनाको नयाँ स्ट्रेनका कारण तीव्र रुपमा संक्रमण फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?