आर्मीले पायो एएफसीको क्लब लाईसेन्स

काठमाडौं । विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स प्राप्त गरेको छ ।

लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसँगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मापदण्ड पुरा गरेको आर्मीलाई एएफसीको क्लब लाईसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । एन्फाको प्रस्तावसँगै एएफसीले आर्मीलाई क्लब लाईसेन्सिङ प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?