काठमाडौं । भारतको महाराष्ट्रको मुम्बईमा कोरोना नियम उल्लंघन गरेर पार्टी गरेपछि भारतीय टीमका पूर्व क्रिकेटर सुरेश रैनासमेत ३४ जनालाई पक्राउ गरिएको छ ।
मुम्बईको एक क्लवमा पार्टी गरिरहेका ३४ जनालाई पक्राउ गरिएको हो । ३४ जनामा क्रिकेटर सुरेश रैना, गायक गुरु रन्धावासमेत अन्य ३४ जना सेलिब्रेटि रहेका छन् ।
सुरेश र गुरु रन्धावा भने छुटिसकेका छन् । उनीहरु मुम्बई एयरपोर्ट नजिक जेडब्ल्यू म्यारिट होटलको क्लवमा पार्टी गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया