त्रिविले यस बर्ष हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस बर्ष हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले यस वर्ष हिउँदे बिदा नदिने निर्णय गरेको हो ।

कोभिड-१९ का कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन गरिरहेकाले कक्षा र परीक्षा सञ्चालन सहज रुपमा सक्नका लागि यो बर्ष हिउँदे बिदा नदिन लागेको हो । सुरक्षाका मापदण्ड अपनाइ भर्चुअल भन्दा भौतिक रुपमा कक्षा सञ्चालनमा जोड दिन सम्पूर्ण आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?