काठमाडौं । ललितपुरमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङ बस्ने मकवानपुर बागमती गाउँपालिका-८ कान्तिपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिकलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया