अत्याधिक थकान महशुस हुन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं – आजकाल मानिसहरु निकै व्यस्त छन् । जसले गर्दा उनीहरु आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान समेत दिदैनन् । के तपाईले आफुलाई थकित र अल्छीपनको महसुस गर्नुभएको छ ?

नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु :

१. प्रशस्त पानी नपिउनु :- अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।

२. आइरनको कमी :- रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् ।

३. ब्रेकफास्ट :- ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

४. अनियमित ब्यायाम :- यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

५. काममा लोड :- कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।

६.  मन आत्तिनु : यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ । यसकारण तपाईलाई खान मन लाग्दैन । अनि थकान महशुस हुनसकछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?