काठमाडौैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य दिएका छन् ।
मंगलवार (आज) बिहान ९ बजेका बोलाइएको बैठक लगभग २ घण्टा ढिला गरी ११ बजेतिर शुरु भएको हो ।
उनी पूर्व माओवादी समूहका भएपनि पार्टी एकतासँगै पुष्पकमल दाहाल प्रचण्डलाई छोडेर ओलीलतिर लागेका छन् ।

त्यस्तै आजको बैठकमा पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बैठक सञ्चालन गरेका छन् भने बैठकको अध्यक्षता ओलीले गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
ओलीले आह्वान गरेको आजको बैठकमा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् । यसअघि सोमवार ओली र प्रचण्ड समूहको बैठकमा समेत बादल अनुपस्थित रहेका थिए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै प्रचण्ड वरिष्ठ नेता माधव नेपाल समूहका ७ जना मन्त्रीहरुले राजिनामा दिँदा बादल र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया