काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अझै शुरु हुन सकेको छैन् ।
प्रधानमन्त्री समेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएपछि साढे १० बजेसम्म शुरु नभएको स्रोतले जनाएको छ ।
अहिले बालुवाटारमा ओली पक्षीय नेताहरु पुग्ने क्रम जारी रहेको छ ।
यसैबीच ओलीले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी बालुवाटार पुगेका छन् । यस्तै मणि थापालगायत पनि बालुवाटार गएको बताइएको छ ।
उनीहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह छाडेर ओलीतिर लागेका हुन् ।
ओलीले हठात संसद विघटन गरेपश्चात असन्तुष्ट बनेका प्रचण्ड समूहले दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् ।
त्यस्तै संसद विघटनको विरुद्ध रणनीति तयार गर्न नेकपासहित कांग्रेस र जसपाको समेत केन्द्रीय कमिटी बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया