काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध रणनीति तयार गर्न तीन ठुला दलको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी(जसपा) ले आजका लागि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
नेकपाको दुई पक्षकै केन्द्रीय समिति बैठक बस्न लागेको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले समेत केन्द्रीय कमिटी बैठक आयोजना गरेको छ ।
सोमवार नै अध्यक्ष ओलीले बिहान ९ बजेका लागि बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । त्यस्तै प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् ।
त्यस्तै कांग्रेसले पनि आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । आजको बैठकबाट तीनै दलले सरकारविरुद्ध थप रणनीति बनाएर जाने बताइएको छ ।
यसअघि सोमवार नेकपा, कांग्रेस र जसपा संयुक्त बैठक बसी केन्द्रीय कमिटी मार्फत थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले हठात संसद विघटन गरेसँगै प्रतिपक्षी तीनै दलले त्यसलाई असंवैधानिक भन्दै विरोध गर्दै आएका छन् । त्यस्तै जसपा त्यसको विरुद्ध देशभर प्रदर्शनको घोषणा समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया